छानबिन समितिको निष्कर्ष : विमला वली दोषी

काठमाडाैं : लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ। राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।

मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए। मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताए।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री केसीले प्रारम्भिकरूपमा राज्यमन्त्री वलीबाट कमजोरी भएको देखिएको बताए। उनले प्रतिवेदनको अध्ययनपछि मात्र सरकार र पार्टीले आवश्यक कदम चाल्ने बताउँदै कमजोरी भएको विषयलाई संरक्षण नगरिने उल्लेख गरे।

गत जेठ ३१ गते राज्यमन्त्री वलीले दाङ तुलसीपुरका वाइसिएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर बस्नेत पत्नी मीना तथा छोरीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्री शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिमा कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका थिए। छानबिन समितिको प्रतिवेदन आउनुअघि राज्यमन्त्री वलीले पदबाट राजीनामा दिएकी छन्।

नेकपा एमालेबाट निर्वाचित श्रीमान् उत्तरकुमार वलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को ख बाट उपनिर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

विसं २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनी नेकपा  माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?