कावासोतिमा ट्रकको ठक्करबाट अर्घाखाँचीकी डेढ बर्षकी बालिकाको मृत्यु , आमा घाइते

समाचार सारांश
Auto Generated by AI
  • नवलपरासीको कावासोतीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १६ महिनाकी बालिकाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाकी आमाको भरतपुरमा उपचार भइरहेको छ।
  • प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

लुम्बिनी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — कावासोती नगरपालिका–८, फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्।

बाटो काट्ने क्रममा अर्घाखाँची घर भई हाल कावासोती नगरपालिका–११, कुडौली बस्ने ३२ वर्षीय सूर्य बि.सी.ले चलाएको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार बि.सी.की करिब १६/१७ महिनाकी छोरी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले नेपाल खोजखबर लाई जानकारी दिएको हो ।

अर्घाखाँची न्यूजलाई जानकारी दिए अनुसार मोटरसाइकलको पछाडि सवार उनकी आमा, अन्दाजी २४/२५ वर्षीया पुष्पा चौहान बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नवलपुर अस्पतालबाट नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले बताएको  छ।

मोटरसाइकल चालक सूर्य बि.सी. भने सकुशल रहेका छन्। दुर्घटनामा संलग्न ट्रक र चालक बारा, सिमरा उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ३० वर्षीय सौरभ खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीलेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?