अर्घाखाँचीको सन्तोषी माँ हलमा फेरि चलचित्रको पर्दा खुल्दै, शुक्रबारदेखि नियमित प्रदर्शन

अर्घाखाँची । अर्घाखाँचीका चलचित्रप्रेमीका लागि खुसीको खबर छ। सन्धिखर्कमा लामो समयदेखि बन्द रहेको सन्तोषी माँ चलचित्र हल नयाँ व्यवस्थापन र आधुनिक प्रविधिसहित आगामी शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

२०४६ सालमा स्थापना भएको यो हल २०६६ सालदेखि बन्द थियो। करिब डेढ दशकपछि नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आउन लागेको हलमा दर्शकले अब आफ्नै जिल्लामा नयाँ चलचित्र हेर्न पाउने भएका छन्।

हलका सञ्चालक बलबहादुर कुँवरले शुक्रबारदेखि औपचारिक रूपमा चलचित्र प्रदर्शन सुरु गरिने जानकारी दिनुभयो। उहाँका अनुसार हललाई आधुनिक र दर्शकमैत्री बनाउँदै चलचित्र हेर्न सहज तथा मनोरञ्जनपूर्ण वातावरण तयार गरिएको छ।

२०८ भन्दा बढी सिट क्षमता रहेको हलमा आवश्यक भौतिक तथा प्राविधिक सुधार गरिएको सञ्चालकहरूले बताएका छन्। चलचित्र प्रदर्शनका लागि नयाँ प्राविधिक प्रणाली जडान गर्नुका साथै दर्शकको सुविधालाई प्राथमिकतामा राखिएको छ। नयाँ व्यवस्थापनका लागि ६ जना सेयर सदस्य सहभागी छन्। सेयर सदस्य सागर खड्काका अनुसार पुरानो हललाई नयाँ स्वरूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधार गरिएको छ।

लामो समयदेखि जिल्लामा नियमित चलचित्र हलको अभाव झेल्दै आएका दर्शकलाई हल पुनः सञ्चालनमा आएसँगै स्थानीयस्तरमै नयाँ चलचित्र हेर्ने अवसर मिल्नेछ। सन्तोषी माँ हलले अर्घाखाँचीसँगै छिमेकी गुल्मी र प्युठानका दर्शकलाई समेत लक्षित गरेर चलचित्र प्रदर्शन गर्ने तयारी गरेको छ। दर्शकको रुचि र बजारको मागअनुसार नेपाली तथा अन्य लोकप्रिय चलचित्र प्रदर्शनमा ल्याउने सञ्चालकहरूको योजना छ। डेढ दशकदेखि बन्द रहेको पर्दा शुक्रबारदेखि फेरि खुल्ने भएपछि सन्धिखर्कको मनोरञ्जन क्षेत्रमा समेत नयाँ उत्साह थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?