एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार, केन्द्रीय कमिटीमा छलफल हुने

समाचार सारांश
Auto Generated by AI
  • एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन प्रतिवेदन सर्वसम्मत रूपमा स्वीकार गरेको छ।
  • प्रतिवेदनबाट नेतृत्व सम्बन्धी विवादित विषयहरू हटाई कार्यदलले एकमतले तयार पारेको छ।
  • केन्द्रीय समितिमा छलफल गर्ने एजेन्डा तय गर्न बैठक भोलि बिहान नौ बजेसम्मका लागि स्थगित भएको छ।

४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको कार्यदल प्रतिवेदन स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्‍यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्‍यो,’ उपमहाचिव भट्टले भने, ‘आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’  त्यही बैठकले केन्द्रीय समितिमा छलफल हुने एजेन्डाबारे छलफल हुने उनले बताए ।

‘त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी सबैचिज हटेको छ । त्यहाँ मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्‍यो,’ उनले भने । कसले तयार पारेको प्रतिवेदन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो कार्यदलले पास गरेको प्रतिवेदन हो, त्यो संयोजकले पेस गरेको प्रतिवेदन भनेर बुझ्छु मैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?