सन्धिखर्कमा पुराना दललाई रास्वपाको कडा चुनौती : एकैदिन तीन वडा कार्यालयपछि राजनीतिक तरंग

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सन्धिखर्कका तीनवटा वडामा कार्यालय उद्घाटन गर्दै राजनीतिक समीकरणमा तरंग ल्याएको छ ।
  • वडा तहमा रास्वपाको बढ्दो सक्रियता र जनसहभागिताले पुराना दलहरूलाई कडा दबाब सिर्जना गरेको छ ।
  • जनताको बदलिँदो मनोविज्ञानका कारण अबको स्थानीय राजनीति पुराना दल र रास्वपाबीच सिधा प्रतिस्पर्धामा परिणत हुने देखिएको छ ।

सन्धिखर्क, अर्घाखाँची / सन्धिखर्कको राजनीतिमा वर्षौंदेखि जमेका पुराना दलहरूका लागि आजको दिनले एउटा कडा सन्देश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एकैदिन वडा नं. ३, ५ र १२ मा वडा कार्यालय उद्घाटन गरेपछि सन्धिखर्कको राजनीतिक समीकरणमा तरंग पैदा भएको छ ।

पहिले सन्धिखर्कमा चुनाव जित्न ठूला दलको नाम र पुरानो संगठन नै काफी थियो । तर आज वडा-वडामा देखिएको भिडले त्यो समीकरण भत्किन लागेको संकेत गरेको छ ।

प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल आफैँ वडा-वडामा पुगेर कार्यालय उद्घाटन गर्दा स्थानीयले उनलाई सांसदका रूपमा मात्र होइन, आफ्नै वडाको मान्छेका रूपमा स्वागत गरे । जिल्ला सभापति सिता पराजुली, नगर सभापति राजु खड्का, जिल्ला सदस्य बाबु खड्का, सिएम ढुंगाना, पूर्व कार्यबाहक जिल्ला सभापति कमल मरासिनि, नगर सचिव बाबुराम घिमिरे लगायतको टिमको सक्रियताले पनि पुराना दलका कार्यकर्तालाई समेत झस्काएको छ ।

“हामीले वर्षौंदेखि भोट दियौँ, तर वडामा समस्या ज्यूँका त्यूँ छन् । अब नयाँलाई पनि मौका दिनुपर्छ भन्ने लागेको छ,” वडा नं. १२ का एक स्थानीयले खुलेरै भने । उनको यो भनाइले सन्धिखर्कमा जनताको मनोविज्ञान बदलिँदै गएको प्रष्ट पार्छ ।

रास्वपाको आक्रामक सदस्यता विस्तार र वडा तहसम्म पुगेको संगठनले पुराना दललाई दबाब बढाएको छ । पहिले वडामा आफ्नो पकड बलियो भएको दाबी गर्ने दलहरूले अहिले आफ्नै वडामा रास्वपाको कार्यक्रममा मान्छेको भीड देखेर रणनीति फेर्नुपर्ने अवस्था आएको छ ।

नगर सभापति राजु खड्का सहितको पालिका र वडा टिम अहिले निरन्तर जनताको घरदैलोमा छ । यो सक्रियताले गर्दा पुराना दलका लागि सन्धिखर्क अब सजिलो मैदान रहने छैन भन्ने चर्चा चिया पसलदेखि बजारसम्म चल्न थालेको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा सन्धिखर्कमा त्रिपक्षीय होइन, रास्वपा र पुराना दलबीच सिधा प्रतिस्पर्धा हुने विश्लेषण हुन थालेको छ । र, आजको एकैदिन तीन कार्यालय उद्घाटनले रास्वपाले त्यो प्रतिस्पर्धाका लागि आफूलाई तयार पारिसकेको सन्देश दिएको छ ।

सांसद भुसालले कार्यक्रममा पुराना दलको नाम नलिईकन भने, “जनताले अब नारा होइन, काम खोजेका छन् । जसले काम गर्छ, जनताले उसैलाई जिताउँछन् ।”

सन्धिखर्कमा अबको राजनीति पुरानो विरासतमा होइन, वडामा गरेको काम र जनतासँगको सम्बन्धमा मापन हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?