भुमिकास्थान १ साम्नेगाउँमा गोठमा आगलागी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ साम्नेगाउँमा गोठमा आगलागी भएको छ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ को भगवती टोल अन्तर्गत पर्ने साम्नेगाउँको उपल्ला खरपाटा निवासी ज्ञानप्रसाद खनालको छोरा नारायण खनालको गोठमा बिहानको एघार बजेको समयमा घरमा कोहि नभएको बेला एक्कासि आगो लागेको निज नारायण खनालकी श्रीमति यमकला खनालले बताइन् बिहानको खाना खाइ भैसीलाइ घाँस काट्न गएको बेला आगलागी भएको बताइन ।

आगलागी बाट गोठमा पुरै क्षति पुगेको छ भने घरको काइनाको भागमा भने आम्सिक क्षति पुगेको छ भने गोठमा रहेका भैंसी र बाख्रा भने छिमेकिको सहयोगमा उद्दार गरिएको नारायणका बुवा ज्ञानप्रसाद खनालले बताए ।

आगलागी पश्चात् ढाकावाङ्ग प्रहरी चौकिबाट प्रहरी र भुमिकास्थान नगरपालिका वार्ड न १ का अध्यक्ष गोपालप्रसाद खनाल सहितको टोली पुगि मुचुल्का उठाइ जिल्ला प्रहरी कार्यालय र भुमिकास्थान नगर कार्यपालिकाको कार्यालयमा पेस गरिने भुमिकास्थान १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?