पुरुषको स्पर्म काउन्ट बढाउन खानुहोस् यस्ता चिज

0

यदि, तपाईं तथा तपाईंको पार्टनरलाई रिप्रोडक्टिभसम्बन्धी समस्याको सामना गर्नुपरिहेको छ भने तपाईंले पुरुष पार्टनरको खानपानमा केही परिवर्तन गर्न आवश्यक छ । केही यस्ता चिजहरू खाँदा पुरुषको स्पर्म काउन्ट बढ्न सक्छ ।

– भिटामिन ‘डी’ पुरुष प्रजनन क्षमताका लागि फाइदाजनक हुन्छ । यो एउटा उत्तेजक हो, जो टेस्टोस्टेरोनको स्तरलाई बढाउने काम गर्छ ।

– अश्वगन्धा पुरुषका लागि एकदमै फाइदाजनक हुन्छ। यो पुरुषहरुको कम हुँदै गइरहेको प्रजनन क्षमतालाई बढाउने प्राकृतिक उपाय हो ।

– जिंकले पनि पुरुषहरुको स्पर्म काउन्टलाई बढाउने काम गर्छ । जिंकको कमी शुक्राणुको मात्रामा कमी हुनुसँग जोडिएको छ ।

– शिलाजित पनि पुरुषहरुमा नपुंसकतालाई रोक्नका लागि एउटा राम्रो सप्लिमेन्ट हो । यदि, तपाईंको स्मर्प काउन्ट कम भइरहेको छ भने शिलाजितको सेवन तपाईंका लागि फाइदाजनक हुन सक्छ ।

– पालकको सागमा पनि धेरै मात्रामा फोलिक एसिड हुन्छ । यो पुरुषको स्पर्मको गुणलाई राम्रो बनाउँछ । दैनिक भोजनमा पालकको साग तथा त्यसको जुस पिउने गर्दा प्रजनन क्षमता राम्रो हुन्छ ।

– केरामा पनि भिटामिन ‘ए’, ‘सी’ र ‘बी१’ को राम्रो स्रोत हुन्छ । शुक्राणुहरूको संख्या बढाउन र स्वस्थ शुक्राणु कोशिकाहरूको उत्पादन गर्न सहयोग गर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.