संगिनी सुई : यसरी गर्भ रोक्छ

0

विश्वभरीका लाखौं महिलाहरुले जन्मनान्तरको लागि प्रयोग गर्दै आएको सुरक्षित , भरपर्दो एवं प्रभावकारी परिवार नियोजनको अस्थायी साधन तीन महिने संगिनी सुई नेपालमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले औषधि पसलबाट सेवा प्रदान गर्दै आएका छन् । नेपाल सि। आर। एस कम्पनिद्धारा सन् १९९४ देखि संगिनी को नाममा विक्री वितरण गरिएको छ । संगिनी तीन महिने सुई सहि रुपमा ठीक तीन तीन महिनामा लगाउने गरेमा यसको प्रभावकारिता ९९.७ प्रतिशत छ ।

फाइदा

संगिनी सुईको प्रयोगले गर्भनिरोधबारेको गोपनीयता कायम राख्न मद्दत पु(याउँछ ।
संगिनी सुई एकचोटि लगाएर तीन महिनासम्म ढुक्क हुन सकिन्छ ।
यसको प्रयोगले कहिलेकाहीँ महिनावारी बन्द हुन सक्छ । यसरी बन्द हुँदा रगत खेर नजाने भएकाले महिलालाई फाइदा पुग्छ ।
संगिनी सुईको म्याद सकिएको एक हप्ताभन्दा बढी समयसम्म काम गर्छ ।

बेफाइदा

संगिनी सुईका कारण अनियमित रक्तस्राव हुन सक्छ । यस्तो हुँदा रक्तअल्पतासमेत हुन सक्ने सम्भावना रहन्छ ।
यो सुई लगाउँदैमा पूर्णतः ढुक्क हुन सकिँदैन । कहिलेकाहीँ गर्भ रहने सम्भावनासमेत रहन्छ । बीचैमा महिनावारी रोकिएमा जाँच गराइहाल्नुपर्छ ।
सुईमा राखिएको हर्मोनले कतिपय अवस्थामा काम नगर्ने भएकाले गर्भ रहन सक्छ ।
लगातार संगिनी सुई लगाउँदा मोटाउने सम्भावना रहन्छ । सुई लगाएको सुरु–सुरुमा हल्का रगत देखापर्ने समस्या हुन सक्छ ।
संगिनी सुईले गर्भ रोके पनि यौनरोग सर्नबाट भने बचाउन सक्दैन ।

You might also like
Leave A Reply

Your email address will not be published.