
- प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले अर्घाखाँचीमा खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- उहाँले खेलमैदान निर्माणका लागि जग्गा व्यवस्थापनमा देखिएका कानुनी बाधा हटाउन पहल गर्ने बताउनुभयो।
- संरचना निर्माणमा बजेटको कमी नहुने स्पष्ट पार्दै उहाँले स्थानीय खेलाडीको क्षमता अभिवृद्धिमा जोड दिनुभयो।
प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले अर्घाखाँची जिल्लामा खेलकुद क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण र स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
‘स्वर्गीय रमा देवी स्मृति टी–१० खुला क्रिकेट प्रतियोगिता’ को उद्घाटन गर्दै सांसद भुसालले जिल्लामा ठूला खेल प्रतियोगिताहरू सञ्चालन गर्न पर्याप्त खेलमैदानको अभाव रहेको औंल्याउनुभयो। खेलमैदान निर्माण तथा व्यवस्थापनका लागि सरकारले विशेष चासो दिनुपर्ने बताउँदै उहाँले खेलकुदको विकाससँगै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा जोड दिनुभयो ।
खेल क्षेत्रको बिकास राज्यकाे प्रमुख प्राथमिकता भएकाे बताउदै भुसालले खेल मैदानकाे अभाव हुन नदिन अधिकतम पहल गर्ने बताउनुभयो । “खेल मैदान निर्माणकाे लागि जग्गा व्यवस्थापन सहितका कुरामा केही कानुन बाधक बनेका छन्, समन्वयकाे खाँचो छ भने पहल गराैं ।” भुसालले भन्नुभयो “खेल संरचना निर्माणकाे लागि पैसाको कमी हुदैन ।”
