मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन

जिल्लामा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गरिएको छ । क्रसर उद्योग सञ्चालनका लागि तोकिएको मापदण्डको पालना नगरी क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खनन गरी बिक्रीवितरण गर्दै आएका छन् । जिल्ला समन्वय समितिका अनुसार जिल्लामा १९ वटा क्रसर उद्योग रहेकामा १० वटा मापदण्डविपरीत सञ्चालनमा रहेका छन् ।

यीमध्ये १२ वटा क्रसर उद्योग घरेलु कार्यालयमा दर्ता छन् तर नवीकरण भएका छैनन् । बस्ती तथा नदी छेउछाउमै सञ्चालनमा ल्याइएका उद्योगका कारण स्थानीयले मात्र नभई प्रकृतिले पनि सास्ती झेल्नुपरेको छ । उद्योगबाट सञ्चालन हुने ठूलाठूला टिपर र ट्र्याक्टरबाट वातावरण प्रदूषण हुनुका साथै स्थानीयको स्वास्थ्यमा समेत असर पुर्‍याउने गरेको छ । अवैध क्रसर उद्योगलाई हटाउन जिल्ला अनुगमन समितिको पटकपटक बसेको बैठक, निर्णय र पत्रचार पनि उपलब्धिविहीन बनेको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित सिद्धेश्वर एग्रिगेट एन्ड क्रसर उद्योग, ए सिक्स एग्रिगेट कम्पनी, एसएनएल एग्रिगेट एन्ड क्रसर, मेलमिलाप ढुंगा बालुवा, गिट्टी उद्योग, प्रोफर कन्स्ट्रक्सन एन्ड क्रसर, जय महालक्ष्मी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित छन् । म्याग्दे गाउँपालिकास्थित अकला रुद्रदेवी गिट्टी, बालुवा उद्योग, सेती दोभान ब्लक एन्ड एग्रिगेट क्रसर उद्योग, ढोरबाराही एग्रिगेट क्रसर उद्योग र बन्दीपुर गाउँपालिकास्थित नमुना ग्रिड एन्ड क्रसर उद्योग पनि मापदण्डविपरीत सञ्चालनमा रहेको जिल्ला समन्वय अधिकारी थमनसिंह थापाले बताए ।

जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख सदस्य रहने गरी जिल्ला अनुगमन समिति गठन गरिएको छ । समितिले २०७९ असार २९ मा प्रचलित कानुनबमोजिम दर्ता नगरी सञ्चालनमा रहेका तथा दर्ता गर्ने निकायबाट तोकिएका उद्देश्यविपरीत सञ्चालनमा रहेका क्रसरजन्य उद्योगलाई सम्बन्धित स्थानीय तहले १५ दिनभित्र बन्द गरी जिल्ला अनुगमन समितिलाई जानकारी दिने भनी पत्राचार गरेको थियो । तर हालसम्म कुनै पनि क्रसरजन्य उद्योग बन्द भएको जानकारी नआएको थापाले बताए ।

यस्तै, नमुना ग्रिड एन्ड क्रसर उद्योग भने बन्द गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । गत असार १ देखि भदौ १५ गतेसम्म नदीजन्य उत्खनन बन्द गरिएको थियो । त्यसयता पालिकाले आईईई प्रतिवेदन ननिकाल्दा कुनै पनि टेन्डर प्रक्रिया अगाडि बढ्न सकेका छैनन् र उत्खननका काम रोकिएका छन् ।

यसैले अहिलेको समयमा केही क्रसर उद्योग बन्द रहेको जिल्ला समन्वय प्रमुख तथा अनुगमन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?