दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडि बढ्ने : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएकाे छ ।

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयाे । उहाँले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताउनुभयाे । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे ।

‘कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको छ, डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था आउँदैन’, उहाँले भन्नुभयाे, ‘अहिले विश्वमा करिब ९० देशमा भन्दा बढी देशले अध्ययन गरिरहेको छन् । डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक पनि क्रमिक रूपमा जानेछ ।’

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसकाे विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको उहाँकाे भनाइ छ । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिनुभयाे ।

गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै  अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने बताउनुभयाे । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको पनि उल्लेख गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?