नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन

0

एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।

ओमानको अल अमरात क्रिकेट मैदानमा ११ : ४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । मंगलबार राति वर्षाले मैदान भिजेको थियो ।

प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।

साउदी अरबलाई आज पराजित गर्दै नेपाल अविजित यात्रा तय गर्ने दाउमा छ। समूह चरणको अन्तिम खेल अगाडि नै नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सोमबार समूह चरणको तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै एक खेल अगाडि नै नेपाल सेमिफाइनल पुगेको हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो।

समूह ‘ए’ मा नेपालसहित साउदी अरब,मलेसिया, हङकङ र कतारसमेत छन्। उक्त समूहमा नेपालको ६ अंकको साथ शीर्ष स्थानमा छ। त्यसैगरी,कतारको ४ अंक,साउदी,मलेसिया र हङकङको समान २ अंक छ।

समूह ‘बी’मा ओमान,युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। समूह ‘बी’मा ओमान ६ अंकका साथ शीर्ष स्थान, कुवेत र युएई चार अंककै साथ दोस्रो स्थानमा छन्।

v

You might also like
Leave A Reply

Your email address will not be published.