आईपीएलमा आज चेन्नई र पञ्जाब खेल्दै

0

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आईपीएलको यो सिजनमा चेन्नईले अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । पञ्जाब ९ खेलमा ३ जित र ६ हारसहित ६ अङ्कका साथ आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सर्वाधिक सफलमध्येको एक टोली हो । उसले ५ पटक उपाधि जितेको छ । पञ्जाब किङ्ग्स सन् २०१४ मा उपविजेता बनेको थियो । उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.