४३ वर्षमा ५३ जनासँग बिहे

एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए । उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन् । अब्दुल्ला निकै खुसी थिए । यो सिलसिला चलिरहेकै थियो तर अचानक समस्या सुरु हुन थाल्यो । त्यसैले उनले पुनः विवाह गर्ने सोच बनाए । २३ वर्षको उमेरमा उनले श्रीमतीलाई आफूले दोस्रो विवाह गर्न चाहेको जानकारी दिए । दुई श्रीमतीबीच झगडा हुन थालेपछि उनले पुनः तेस्रो विवाह गरे, यहि समस्या भयो, चौथो विवाह पनि गरे । यद्यपि, स्थिति सुध्रिनुको साटो थप बिग्रँदै गयो । त्यसैले उनले आफ्ना पहिलो र दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । तेस्रो र चौथो श्रीमतीलाई पनि त्यस्तै गरे, किनभने यिनीहरु बीच पनि झगडा हुन थालिसकेको थियो । तर स्थायित्वप्रति उनको भोकले भने निरन्तरता पाइरह्यो ।

६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए । सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो । उनले यसबारे स्पष्टिकरण दिँदै भने, ‘मैले गरेको कुनै पनि विवाह ठट्टा थिएनन् । सबैजनासँग परम्परागत विवाह नै गरेँ । मलाई खुसी बनाउने व्यक्तिको खोजीमा त्यस्तो गरेको थिएँ तर मेरा विवाह सबै टुट्दै गए ।’

‘खुसी दिने’ व्यक्ति पाउनुभयो त रु भनेर सोधिएको प्रश्नमा उनले सटिक जवाफ भने दिएनन् । तर अबु अब्दुल्लाले आफू एकजनासँग वैवाहिक सम्बन्धमा रहेको र पुनः विवाह गर्ने योजनामा नरहेको स्पष्ट पारे । उनका धेरैजसो श्रीमती साउदीकै थिए । आफू विदेश भ्रमणमा जाँदा एकजना विदेशीसँग पनि उनले विवाह नगरेका होइनन् तर त्यो केही महिना मात्रै टिक्न सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?