रुसलाई हतियार पठाएको आरोपको उत्तर कोरियाद्वारा खण्डन

उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ । उसले यस्तो आरोप लगाएर अमेरिकाले आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप लगायो । बिहीबार कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले नाम उल्लेख नगरिएका एक रक्षा अधिकारीको वक्तव्य जारी गरेको थियो, जसमा अमेरिका र अन्य शत्रु पक्षले प्योङयाङ र मस्कोबीच ‘हतियारको कारोबार भएको अफवाह’ फैलाएको आरोप लगाएको छ ।

‘हामी उत्तर कोरिया विरोधी बयानबाजी नफैलाउन अमेरिकालाई कडा शब्दमा चेतावनी दिन्छौं । हामीले न पहिले कहिल्यै रुसलाई हातहतियार निर्यात ग¥र्यौं न त्यस्तो गर्ने योजना मै छौं,’ ती अधिकारीले भने । केही समयअघि अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता वेदान्त पटेलले पत्रकारसँगको कुराकानीमा ‘रुस युक्रेनमा प्रयोग गर्न उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हतियार खरिद गर्ने प्रक्रियामा रहेको’ बताएका थिए ।

ह्वाइट हाउसले पछि पटेलको खरिदसम्बन्धी भनाईलाई संशोधन गर्दै ‘सम्भावित खरिद’ भनेको थियो । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘खरिद सम्पन्न भएको कुनै सङ्केत नपाइएको’ स्पष्ट गरेका थिए ।  संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध अनुसार कुनै मुलुकले पनि उत्तर कोरियाली हतियार  निर्यात गर्न पाउँदैनन् ।

उत्तर कोरियाबाट हतियार आपूर्ति गर्न लागेको आरोप लागेलगतै रुसले उक्त आरोप अस्वीकार गर्दै अमेरिकालाई प्रमाण उपलब्ध गराउन माग गरेको छ । केसीएनएमा जारी वक्तव्यमा उत्तर कोरियाली अधिकारीले अमेरिकालाई ‘गैरजिम्मेदार टिप्पणी’ बन्द गर्न र ‘चुप लागेर बस्न’ भनेको छ ।

साथै वक्तव्यमा आफूले चाहेमा सैन्य उपकरण निर्यात र आयात गर्न सक्ने पनि बताइएको छ । प्योङयाङले पहिलेदेखि ‘अमेरिका र उसका मातहतका बल’ले ल्याउन लगाएको ‘गैरकानूनी’ संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्धलाई मान्यता नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?