विश्वका १२ सय हलमा प्रेमगीत-३ रिलिज

आजदेखि बहुप्रतिक्षित चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएको छ। यो चलचित्र नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएको हो। तर, ‘प्रेमगीत-३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।

नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा यो चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको हिन्दी संस्करणलाई लिएर विवादसमेत भएको थियो । जसका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत-३ को हिन्दी संस्करणलाई पनि नेपाली चलचित्रकै मान्यता दिनु परेको थियो । यस्तै जेम्स क्यामरुनको निर्देशनमा रहेको हलिउड चलचित्र ‘अवतार’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्रले नेपालमा थ्रीडी प्रविधिको सुरुवात गरेको थियो । अवतारको दोस्रो शृङ्खला ‘अवतार: द वे अफ वाटर’ आउँदो पुस १ गते विश्वभर रिलिज हुँदैछ ।

यसैको पहिलो भाग एक हप्ताका लागि नेपालमा पनि प्रदर्शन गरिएको हो । चलचित्रले नयाँ पुस्तालाई ‘रिकल’ गर्ने जनाइएको छ । अहिले नेपाली चलचित्र ऐना झ्यालको पुतली, झिङ्गेदाउ र बलिउड चलचित्र ब्रह्मास्त्र पनि प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?