अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी

समाचार सारांश
Auto Generated by AI
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
  • अघिल्लो दिनको तुलनामा डलरको मूल्य २ पैसाले बढेको हो।
  • राष्ट्र बैंकले अन्य विभिन्न विदेशी मुद्राहरूको पनि नयाँ विनिमय दर सार्वजनिक गरेको छ।

काठमाडौं । अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६६ पैसा तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यो २ पैसा बढी हो भने अहिलेसम्मकै उच्च हो । खरिददर मूल्य १३४ रुपैयाँ ६ पैसा छ । त्यस्तै क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ ११ पैसा तथा अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ८७ पैसा छ ।

यस दिनका लागि साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८७ पैसा तोकिएको छ भने खरिददर मूल्य ३५ रुपैयाँ ७२ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९३ पैसा छ भने खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

युएई मुद्रा दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ५० पैसा छ । मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ २२ पैसा तथा खरिददर मूल्य ३० रुपैयाँ ९ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?