रुपन्देहीमा चोरीको प्रयास गर्ने युवक पक्राउ

रुपन्देहीको बुटवलस्थित एक घरमा चोरीको प्रयास गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका–५ का २१ वर्षीय खगेन्द्र गाहा मगर रहेका छन् ।

बिहीबार राति साढे १२ बजे बुटवल उपमहानगरपालिका–४ संगम पथस्थित एक घरमा प्रवेश गरी हतियार देखाई चोरी गर्न लागेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–४ संगम पथस्थित एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई चोरी गर्न लागेको अवस्थामा २१ वर्षीय गाहालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका गाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?