दुब्लो-पातलो हुनुहुन्छ ? यी चीज खानुस्, आफै देख्नुहुनेछ चमत्कार

0

कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन्।

जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छन्। आफ्नो शरीरलाई लिएर उनीहरु चिन्तित पनि हुन्छन्।

दुब्लो पातालो भएकै कारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरुले स्वास्थ्यमा गम्भीर हाने पु¥याउने गर्छ। चिकित्सकहरु पनि यस्ता औषधिहरु सेवन नगर्न सुझाव दिन्छन्।

हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले महत्वपूर्ण भूमिका खेल्दछ। प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण केही चिजहरुको खानाले साता दिनमै तपाईको शरीरको वजन बढ्नेछ।

तपाई शरीरको तौल बढाउँन चाहानुहुन्छ भने घरमा साबुदानाको खीर र आलु खानुहोस। हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस्। यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ।

त्यस्तै उसिनेको आलु खानुस् यसले पनि तपाईको तौल बढाउन मद्दत पु-याउँछ। आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फुर्त बनाई शरीरको तौल बढाउँछ। यो तरिका तौल बढाउनको शत प्रतिशत प्रभावकारी हुने आयुर्वे्दिक घरेलु उपाय हो।

You might also like
Leave A Reply

Your email address will not be published.