पित्तथैलीमा पत्थरी के कारण ले हुन्छ ? यसको लक्षण र उपचार

0

यो रोग हरेक उमेर समूहमा देखिएपनि ३० बर्ष देखि ४० बर्षको उमेरमा तुलनात्मक रुपमा धेरै देखिने गरेको छ । यो रोग पुरुषहरुको तुलनामा महिलाहरुमा बढी देखिने गरेको बिभिन्न अध्ययन र अनुसन्धानहरुले देखाएका छन् ।

पछिल्ला अभ्ययन र अनुसन्धानले यो रोगको बंशाणुगत कारणले पनि हुनसक्ने कुरा पुष्टि भइसकेको छ । नेपालमा पनि पित्त थैलीमा पत्थरी हुने बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको अनुमान गरिएको छ ।

कारण

पित्त थैलीको पथ्थरी कुनै रोग बिशेषको कारणले नभएपनि यस बिषयमा भएका अध्ययनहरुले यसका बिबिध कारणहरु रहेको देखाएका छन् ।

मोटोपना

मधुमेह

धैरै तौल घट्नु

निरन्तर ब्रत बस्नु

रक्तअल्पता

गर्भनिरोधक चक्कीको बढी सेवन
लक्षण

सामान्यतः पित्त थैलीको पत्थरीका बिरामीहरुमा कुनै लक्षण देखिँदैन । अरु कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्त थैलीमा पथ्थरी देखिन्छ । यसरी पत्थरी भएको फेला पर्नेहरु मध्ये करिब २० प्रतिशत मानिसहरुमा मात्र यसका कारणले लक्षणहरु देखिन सक्छन् जसमा, अधिकांशलाई पेट दुख्ने हुन्छ ।

पत्थरीका कारण हुने दुखाई दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाई कहिले काँही दाहिने पाखुरा वा ढाडतिर पनि सर्नसक्छ । दुखाई चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । यसरी देखापरेको दुखाई २४ घण्टाभित्रै ठीक हुनेगर्छ । जटिल हुँदै गएपछि हरेक दिन जस्तो दुख्न थाल्छ । पित्त थैलीको पथ्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

उपचार

संसारभरी नै सबैभन्दा धेरै गरिने पेटको अप्रेशन मध्ये पित्त थैलीको पत्थरी झिक्न गरिने अप्रेशन पहिलो स्थानमा आउँछ । पित्त थैलीको पत्थरीको एकमात्र उपचार अप्रेशन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेशन दूरबिन प्रबिधिबाट गरिन्छ।

दूरबिन प्रबिधिबाट अप्रेशन गर्दा बिरामीलाई दुखाई र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्युन रहन्छ । दुखाई कम हुनाले अप्रेशन गरेको ४ देखि ६ घण्टा भित्रै बिरामी हिँडडुल गर्न सक्दछन् र सामान्य मानिस सरह खानेकुरा समेत खान सक्दछन् ।

अप्रेशन गरेको २४ घण्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ भने अप्रेशनको ४८ घण्टादेखि ७२ घण्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.