धेरै चिया-कफी पिउँदा स्वास्थ्यमा कस्तो समस्या हुन्छ ? ख्याल गर्नुहोस् !

0

धेरै जनाको बिहानको सुरुवात प्राय: चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर घण्टौं गफगाफ गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफीलाई दैनिकीको अभिन्न अंग पनि भन्ने गरिन्छ ।

यदि तपाईं दैनिक चारदेखि पाँच पटक कफी वा चिया पिउनुहुन्छ भने सचेत हुनुपर्छ । विज्ञहरूका अनुसार चिया वा कफीको अत्यधिक सेवनले हाम्रो शरीरलाई हानि पुर्‍याउँछ । जसको मुख्य कारण यसमा पाइने क्याफिन हो ।

धेरै अध्ययनले यो पनि पत्ता लगाएको छ कि उचित मात्रामा क्याफिनको सेवन नगर्दा पनि समस्या हुन सक्छ । यदि यसको सही मात्रामा सेवन गरियो भने यसले अल्जाइमर र मुटुसँग सम्बन्धित रोगहरूबाट पनि बचाउन सक्छ । त्यसैले क्याफिन दैनिक दिनचर्यामा समावेश छ भने यसलाई कुन मात्रामा लिने भनेर जान्नैपर्छ ।

एन्जाइटी

क्याफिनले हामीलाई ऊर्जा प्रदान गर्छ तर यसको अत्यधिक मात्राले चिन्ता निम्त्याउन सक्छ । यसको अधिक मात्राले ‘एडेनोसिन’ नामक हार्मोनको प्रभावलाई कम गर्छ, जसले हाम्रो दिमागले थकान महसुस गर्छ । त्यसले एन्जाइटीका लक्षणहरू निम्ताउन सक्छ । त्रास, डर, असजिलो, छटपटी हुने जस्ता समस्या देखिन थाल्छ ।

इन्सोमनिया

धेरै मात्रामा चिया कफीको सेवनले ‘इन्सोमनिया’ अर्थात् अनिद्राको समस्या पनि निम्ताउन सक्छ । रातमा काम गर्ने वा पढ्ने व्यक्ति निद्रा भगाउन चिया वा कफी सेवन गर्छन् । तर चिया र कफीको धेरै सेवन थप अनिद्राको कारण बन्न सक्छ । अध्ययनअनुसार धेरै क्याफिन सेवनपछि धेरै प्रयास गर्दा पनि निद्रा नलाग्ने हुन्छ । जसकारण सुत्ने समय खेर जान्छ र दिनभरि थकित महसुस हुन्छ ।

पाचनसम्बन्धी समस्या

बिहान एक कप चिया वा कफीले पेट सफा गर्छ भनेको धेरै सुनिन्छ । यसो हुनुको कारण चिया, कफी पिउँदा हाम्रो पेटले ग्यास्ट्रिन नामक हार्मोन स्राव गर्छ जसले दिसालाई सजिलो बनाउने हो । तर अधिक क्याफिनले यो हार्मोनको स्राव बढाउँछ, जसकारण पखाला लाग्ने र पेट दुख्ने समस्या हुनसक्छ । पखालाको कारण डिहाइड्रेसन समेत हुन्छ त्यसैले धेरै मात्रामा क्याफिनको सेवन गर्नु हुँदैन । यसले पेटमा अल्सर पनि निम्त्याउन सक्छ, जसकारण खाना खान मन नलाग्ने र पाचनसम्बन्धी समस्या हुन्छ ।

उच्च रक्तचाप

क्याफिनको अत्यधिक सेवनले उच्च रक्तचापको जोखिम पनि बढाउँछ, जुन हृदयघातको कारक हो । किनभने यसले समयको साथ धमनीहरूलाई क्षति पुर्‍याउन सक्छ, जसले हृदय र मस्तिष्कमा रक्त प्रवाहलाई बाधा पुर्‍याउन सक्छ । त्यसैले उच्च रक्तचापको दीर्घकालीन समस्या भएका व्यक्तिले यसको अत्यधिक उपभोग गर्नु हुँदैन, ताकि थप समस्याबाट बच्न सकियोस् ।

सही मात्रा कति ?

सन् २०१८ मा गरिएको अध्ययनअनुसार सामान्यतया रगतमा क्याफिनको मात्रा १५ मिलिग्राम प्रतिलिटर भन्दा बढी भयो भने यसले शरीरलाई असर गर्न थाल्छ । ८० देखि १०० मिलिग्राम प्रतिलिटरको मात्रा घातक सावित हुनसक्छ ।v

You might also like
Leave A Reply

Your email address will not be published.