तातो हावा ‘लू’ बाट जोगिन के गर्ने के नगर्ने

0

गर्मी महिना लागेसँगै केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ । तापक्रम वृद्धिसँगै देशका धेरै स्थानमा तातो हावा ‘लू’को  जोखिम बढेको छ।

बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ।  लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ । यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ ।

लू’बाट जोगिने तरिका 

  • धेरै पानी पिउने
  • बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने
  • हल्का खालको वा सुतीको कपडा लगाउने
  • खेतबारीमा कामकाज बिहान वा बेलुका गर्ने
  • कागति पानी, नरिवल पानी, तथा फलफूको रस पिउने
  • घरमै बनाएका ताजा खानेकुरा खाने
  • चिसो पानीले नुहाउने

गर्न नहुने 

  • दिउँसो सकभर घाममा ननिस्कने
  • क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
  • भान्सामा धेरै समय नबस्ने
  • मदिरा सेवन नगर्ने
You might also like
Leave A Reply

Your email address will not be published.