सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

0

साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले बढेको छ । मंगलबार बजार २५.९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८.२९ प्रतिशत, बोटलर्स नेपाल (तराई)को ७.६२ प्रतिशत, शाइन रेशुङ्गा बैंकको ७.२० प्रतिशतले सेयर मूल्य बढेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.