घरमा राख्नुहोस् यी ४ चिज, सधैं रहनेछ माता लक्ष्मीको बास, हुनेछ धनको वर्षा !

0

माता लक्ष्मीको कृपाले जीवनमा सुख, शान्ति, समृद्धि, धन प्राप्त हुन्छ। तर जबसम्म माता लक्ष्मीको आशीर्वाद प्राप्त हुँदैन, यी सबै सुख तथा समृद्धि प्राप्त गर्न सम्भव छैन। यदि तपाईं पनि आफ्नो घरमा माता लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ भने यी उपाय अवस्य गर्नुहोस्।

वास्तुशास्त्रका अनुसार घरमा यी चिज राख्दा तपाईंको घरमा लक्ष्मीको बास हुनेछ।

बासुरी

बासुरीलाई वास्तु दोष निर्मुल गर्न निकै खास मानिन्छ। यदि तपाईंको जीवनमा आर्थिक समस्या छन् भने घरमा चाँदिको बासुरी राख्न शुभ हुन्छ। वास्तु शास्त्र अनुसार घरमा बासुरी राख्दा लक्ष्मीको बास हुन्छ। यदि चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्न सकिन्छ।

लक्ष्मीको मूर्ति

धन तथा समृद्धिको लागि घरमा माता लक्ष्मीको साथै कुबेरको मूर्ति तथा तस्बिर राख्नु अत्यन्त शुभ मानिन्छ। देवी लक्ष्मी र भगवान कुबेर दुबैको पूजा तथा आराधना गर्नाले कहिले पनि धनको अभाव रहँदैन।

नरिवल

नरिवललाई श्रीफल पनि भनिन्छ। नरिवललाई माता लक्ष्मीको स्वरूप मानिन्छ। श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै शुभ हुन्छ। जुन घरमा एकाक्षी नरिवल राखेर दैनिक रूपमा लक्ष्मीको पूजा गरिन्छ, त्यो घरमा सधै लक्ष्मीको बास रहन्छ।

गणेशको मूर्ति

भगवान श्री गणेशलाई विघ्नहर्ता पनि भनिन्छ। घरमा लक्ष्मीको बास होस् भन्ने चाहनुहुन्छ भने नृत्य गरेको गणेश मुर्ति घरमा राख्नु निकै शुभ साबित हुन्छ। यसो गर्नाले तपाईंको जीवनमा कहिले पनि धन तथा समृद्धिको कमी हुनेछैन।

You might also like
Leave A Reply

Your email address will not be published.