पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।

पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको छ ।

प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?