घोषणा गरिएको एक सातामै पार्टीबाट निकालिए वामदेव

काठमाडौं ।  नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्काशन गरिएको छ। अभियानमा आबद्ध चार दलले बैठक बसी गौतमलाई कारबाही गरेका हुन्।

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोप सहित गौतमलाई निष्काशन गरिएको हो।

आज काठमाडौंमा बसेको चार पार्टीका शीर्ष नेताको बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ।

यस्ता छन्, गौतमलाई लगाइएका आरोप

१. साङ्गठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको।

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको।

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको।

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिद्ध्याउने गतिविधि गरिएको।

५. सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको।

निर्णयको प्रति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?