ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, तर कहिल्यै नफर्किने गरी अस्ताए बाबुछोरा

अर्घाखाँची — दशैंको उल्लास थियो। आफन्तसँग भेटघाट गर्ने, ठूलाबडाको हातबाट टीका र आशीर्वाद थाप्ने अनि परिवारसँग खुसी साटासाट गर्ने दिन। यही खुसी बोकेर ससुरालीमा दशैंको टीका लगाउन हिँडेका थिए भूमिकास्थान नगरपालिका–८ निवासी देवीराम आचार्य र उनका छोरा विवेक आचार्य ।

तर, ससुराली पुगेर टीका लगाउने उनीहरूको सपना बाटोमै अधुरो बनेको छ। गन्तव्यमा उनीहरूको प्रतीक्षा गरिरहेका आफन्तसम्म पुग्नुपर्ने बाबुछोरा अब कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन्।

देवीराम आफ्ना छोरालाई साथमा लिएर मोटरसाइकलमा लम्चीबाट पिपलनेटा जाने क्रममा हिजो दिउँसो करिब साढे ३ बजे घरबाट निस्किएका थिए। पकले–धारापानी–पिपलनेटा सडक हुँदै अघि बढेका उनीहरू सन्धिखर्क नगरपालिका–८ स्थित लामडाँडा पार गरेको बाटैमा रहेकाे एउटा होटलको सीसीटीभी क्यामेरामा देखिएका थिए। त्यसपछि भने उनीहरू सम्पर्कविहीन भए।

उता, आफन्तसँग दशैंको खुसी साट्ने आशामा दिन बितिरहेको थियो होला। तर, बाबुछोराको यात्रा कहाँ पुग्यो भन्ने खबर कसैलाई थिएन। मोबाइलमा सम्पर्क हुँदा पनि फोन नउठेपछि परिवारमा चिन्ता बढ्दै गयो। अन्ततः उनीहरूको खोजीका लागि सम्बन्धित निकायलाई खबर गरियो। रातभर सुरक्षा संयन्त्र खोजीमा परिचालन गरिएकाे प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले बताए ।

रात पर्‍यो। खोजी जारी रह्यो। परिवार र आफन्तको मनमा अनेक आशङ्का उब्जिए होलान्। कतै बाटोमा रोकिएका त छैनन्? कतै कुनै समस्यामा परेका त छैनन्? सकुशल भेटिने आशा अझै बाँकी थियो।

तर, रातभरको खोजीपछि आएको खबरले त्यो आशालाई दुःखमा बदलिदियो।

प्रहरीका अनुसार देवीराम र उनका छोरा भूमिकास्थान नगरपालिका–२ स्थित जंगलमा सडकबाट करिब २०० मिटर तल मृत अवस्थामा फेला परे। उनीहरू कुन परिस्थितिमा त्यहाँ पुगे र मृत्यु कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

दशैंमा ससुराली पुगेर टीका लगाउने, आफन्तसँग रमाउने र आशीर्वाद थाप्ने सपना बोकेर निस्किएका बाबुछोराको यात्रा यसरी टुङ्गिएला भन्ने कसले सोचेको थियो र?

उनीहरूलाई टीका लगाइदिन तयार हातहरू अब पर्खाइमै रहनेछन्। सँगै बसेर दशैं मनाउने, खुसी साट्ने र आशीर्वाद लिने आशा बोकेका आफन्तका लागि यो दशैं अविस्मरणीय पीडाको क्षण बनेको छ।

दशैंको टीका निधारमा सजाएर घर फर्किने आशा थियो होला। तर, घरपरिवारले अब उनीहरूको आगमन होइन, कहिल्यै नमेटिने सम्झना कुर्नुपर्ने भएको छ।

ससुरालीमा टीका लगाउने सपना अधुरै रह्यो। बाबुछोरा गन्तव्यमा पुग्न सकेनन्। दशैंको खुसी बोकेर निस्किएको यात्रा एउटा परिवारका लागि जीवनभरको पीडा बनेर टुङ्गियो।

घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?