सिबिए अर्घाखाँचीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सिबिए ले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । सिबिए अर्घाखाँचीले नियमित रुपम गर्दै आएको कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा कर्मथलो बनाएर आउने/जाने निजामती कर्मचारीहरुको स्वागत तथा विदाई सम्पन्न गरेको हो ।

अर्घाखाँचीमा कर्मथलो बनाएर आउने/जाने निजामती कर्मचारीहरुको स्वागत तथा विदाइ, सरुवा, बढुवा तथा निवृत हुने कर्मचारीहरुको मायाँको चिनो सहित विदाई गर्ने गर्दछ । सन्धिखर्क नगरपालिकामा कार्यरत आईटी अफिसर विशाल महत र जिल्ला समन्वय समितिका सब-ईन्जिनियर सुभाष पौडेललाई स्वागत गरिएको छ । यस्तै भू-संरक्षण तथा जलाधार विकास कार्यालय अर्घाखाँचीबाट पाल्पा जिल्लामा सरुवा भएका सवारी चालक भरत खड्गीको विदाई गरेको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मोहन मिश्र, नेपाल निजामती कर्मचारी युनियनका कोषाध्यक्ष शिवहरी खनाल, करार तथा ज्यालादारी कर्मचारी लुम्बिनी प्रदेशका उपाध्यक्ष सुदिप जिसी, सिबिएका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सदस्य नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?