कर्म सिरियलमा सुरज घिमिरे को भूमिका के छ ? हेर्नुहोस् कर्म भाग १ र भाग २

0

बुटवल। पछिल्लो समय नेपाली चलचित्र,सिरियल,गित संगीतले राम्रो बजार पाइरहेका छन् । बजारमा नेपाली टेलि सिरियलले पनि मिलियन भ्यूज बटुल्न थालेका छन् । यसको मुख्य तथ्य नै भिडियोमा प्रस्तुत गरिने विषयबस्तु नै हो जसले समाजको ऎनाको रुपमा काम गर्दछ। धेरै टेलिसिरियल रास्ट्रिय मिडियाहरु बाट प्रसारण हुन्छन् भने केही स्थानीयस्तर बाट नै प्रसारण हुने गर्दछन ।

यस्तै एउटा टेलिसिरियल (सिरियल) हो ` साने ´ । जसले धेरै दर्शकको मन जित्न सफल भएको छ। यो सिरिजका लेखक तथा निर्देशक हुन् सुरज घिमिरे । उनले अहिले सम्म म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । सानेको अपार सफलता पछि सुरजले आफ्नै लेखन निर्देशनमा अर्को सामाजिक संदेश मुलक ” कर्म ” नामक सिरियल निर्माण गरेका छन्। उक्त सिरिजको २ ओटा मात्र भाग प्रसारण भएका छन्। जसमा पहिलो र दोस्रो भाग लाइ दर्सक हरुले आसाधै मन पराएका छन्।

कर्म सिरियलमा सुरज घिमिरेको लेखन, निर्देशन, सम्पादन रहेको छ। भने स्वयंम सुरज घिमिरेको अभिनय पनि हेर्न सकिन्छ। उक्त कर्म सिरियलमा कलाकारहरु सुरज घिमिरे ,बिपना पन्थ, तारा केसी,बाबुराम घिमिरे,धर्म भण्डारी, कमला गैरे , जिया भुसाल, रोशन पौडेल,तारा ओली रहेका छन्।

त्यस्तै यो सिरिजमा समाजमा हुने सौतनी आमाको यातना, अत्याचार, अन्याय , शोषक,धनी गरिब बिच भेदभाव ,रुढीबादी परम्परा , कालो पर्दाले ढाकिएको हाम्रो समाजमा घटेरहेको सम्पुर्ण घटनालाइ समेटेर एउटा सन्देश दिइएको छ।

यस कारण पनि यो “कर्म ” सीरियल छोटो समय मै लोकप्रिय बन्दै गएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.